२३ औं आहा ! रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सहारा र थ्रीस्टार खेल्ने
पाेखरा | माघ ९, २०८०
पोखरा: पोखरामा मोफसलकै चर्चित २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्रीस्टार क्लब खेल्दै छन् ।
२०५८ सालदेखि निरन्तर हुँदै आएको आहा ! रारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ ।
नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन् ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।
यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।
माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...

